मद (कविता) - श्रीराम दाहाल
पुष ५, २०७८
मद
(कविता)
श्रीराम दाहाल
मद सत्ता र शक्तिको
मान्यता चाकडी र भक्त्तिको
बिश्वब्यापी अहंकार हुन्कार
शक्ति दुरुपयोग चौतर्फी बिनाश
तितो सत्य - आधुनिक सहस्राब्दीको
अट्टहासै अट्टहास - मानव सभ्यताको
कोलाहल, कोहराम - अन्तरात्माको
लौन ! उपाय के छ ? अशान्ती अशान्ती भो
अति भो, खती नै खती भो
चेत खुलेन भ्रमित मति भो
हानिकारक तत्व ओखती भो
अल्पज्ञानले ठुलो क्षति भो
हेर्दा हेर्दै मानव सभ्यता
दैत्यमा रुपान्तरण भयो
पुर्खौ देखि सत् को दमन भयो
अन्धबिश्वाश अहम् अहंकार रह्यो