के छ र मन भुलाउने ! (कविता) - सन्ताेष बाेहरा

मंसिर २५, २०७८

 
के छ र मन भुलाउने ! 
 (कविता)
सन्ताेष बाेहरा
 
 
जीवन एक छत्रछायाँ, सुखकाे अभिलाषा खाेज्दै
खै कता छ खाेजेकाे अभिलाषा ? पाउन कत्ति मुस्किल ।
आखिर सुख-दुःखकाे भुमरी न हाे जीवन । 
अनि साेच्छु,
याे संसारमा के छ र मन भुलाउँ !
 
जन्म-मृत्युकाे दाेसाँधमा रमेकाे मेरो जीवन
हर्ष,द्वेष आँशु अनि राेदनकाे चक्रव्यूहमा
कुहिराेकाे काग जस्तै बनेकाे मेरो जीवन
अनि मानसपटलमा आफै खाेज्दछु, 
के छ र मन भुलाउने !
 
कता कता दुखी बनेका मेरा मन
अनायासै रमाइदिन्छ, 
अनि केही प्राप्तीकाे अभिलाषामा रमाईदिन्छ 
अनि साेच्दछ, 
के छ र मन भुलाउने !
 
बालुवामा पानी खन्याए जस्तै
भाेलीकाे नवीन उजेलीकाे कामनामा 
कता कता खाेजीरहने मेरो मन अनायासै साेचिदिन्छ
आखिर जीवन र जगतमा,
के छ र मन भुलाउने !
 
(कवि नेपाली लेखक संघ, सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष हुनुहुन्छ ।)

 

CopyRight |All Rights Reserved