रिकेश गुरुङको 'बानी' सार्बजनिक

आश्विन २१, २०७८

‘फ्लोटिङ बोट’ प्रोडक्सनले 'बानी' बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । रिकेश गुरुङ ‘किज’ को स्वर रहेको यस गीतले युनिभर्सल कम्पोनेन्टको कथा बोलेको छ । भिडियोमा रमेश र मोनिकाको अभिनय रहेको छ । 
 
 
सुशान्त गौतम र अन्वेश राईले कोरेको शब्दले दुई फरक फरक पात्रहरुको समानान्तर जीवन शैलीलाई देखाउन खोजेको छ । सुशान्त गौतमको संगीत रहेको यस गीतमा संगीत संयोजन रिकेश गुरुङ ‘किज’ को रहेको छ । 
 
सार्बजनिक भिडियोको सम्पादन तथा निर्देशन चानस पुन मगरले गरेका हुन् । भिडियोलाई ‘फ्लोटिङ बोट’ अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
 

CopyRight |All Rights Reserved