'रणवीर' निर्देशकको 'प्रेमा' छायांकनमा

भदौ २७, २०७८

एक्सन प्रधान फिल्म 'रणवीर' का निर्देशक गोविन्द सिंह भण्डारी नयाँ फिल्म निर्देशन गरिरहेका छन् । उनको निर्देशनमा 'प्रेमा' को छायांकन यहि २४ गते बाट सुरु गरिएको हो ।  
 
 
प्रेमकथामा आधारित यस फिल्ममा अरुण क्षेत्री, सुवेच्छा खड्का र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन् । त्यसै गरि फिल्ममा सविन बास्तोला, हिउँवाला गौतम, पुरन जोशी, बिमला केसी लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । विबेक घिमिरे र गोविन्द सिंह भण्डारीको निर्माणमा बनिरहेको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र सुशान्त गौतमको संगीत रहेको छ ।
 
निर्माण टिमले दशैँ अगाडी नै फिल्मको छायांकन सक्ने लक्ष लिएको छ । 

CopyRight |All Rights Reserved