निर्माता पुत्र देल्बिस र राज कला क्षेत्रमा प्रवेश गर्दै

भदौ २०, २०७८

निर्माता दिनेश दर्शनधारी र निर्माता यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेले कला क्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनीहरुले सुरुवातमा म्युजिक भिडियो र त्यसपछि चलचित्रमा काम गर्ने तयारीमा रहेको वुझिएको छ । 
 
 
घर परिवारबाट नै कला क्षेत्रमा लाग्ने र अघि बढ्ने प्रेरणाका साथ यी दुई यस क्षेत्रमा प्रवेश गर्न लागेका हुन् । दुवैजनाले छिट्टै ठुलो पर्दाको चलचित्रमा डेब्यु गर्न लागेको जानकारी ट्री मिडियाका प्रबक्ताले दिएका छन् । हाल देल्बिस र राज रोहन नृत्य तथा अभिनयको प्रशिक्षण लिईरहेका छन् । चलचित्रकर्मीको सन्तति भएर मात्र होइन आफुमा क्षमता पनि भएकोले यो क्षेत्रमा अघि बढ्न लागेको देल्बिस र राज रोहनले बताए । अन्य पेशामा जस्तै कला क्षेत्रमा लागेर पनि आफ्नो करियर अघि बढाउन सकिने उनिहरुको दाबि छ ।  
 
नियमित रुपमा चलचित्र निर्माणमा लागी रहेका निर्माता द्वय दर्शनधारी र राईको निर्माणमा चलचित्र 'बागमती' र 'एउटा यस्तो प्रेम कहानी' प्रदर्शन भईसकेको छ । 
 

CopyRight |All Rights Reserved