अभिनेता प्रवण भुषाल 'राष्ट्रिय व्यक्तित्व तथा श्रष्टा सम्मान २०७८' बाट सम्मानित

भदौ १३, २०७८

अभिनेता प्रवण भुषाल 'राष्ट्रिय व्यक्तित्व तथा श्रष्टा सम्मान २०७८' बाट सम्मानित भएका छन् ।
 
 
अभिनेता तथा मोडेलका रुपमा नेपाली चलचित्र एबम् म्युजिक भिडियोहरुमा बिगत लामो समय देखि सक्रिय  भुसालले 'लुकामारी', 'यके  ४७', 'मन्दिर', 'घनचक्कर' जस्ता विभिन्न चलचित्रहरुमा अभिनय गरेका छन् । उनी दर्जनौ म्युजिक भिडियो साथै अढाई दर्जन विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डका बिज्ञापनमा पनि मोडेल को रुपमा काम गरिसकिएका छन् । कला क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांङ्गक गर्दै उनलाई 'राष्ट्रिय व्यक्तित्व तथा श्रष्टा सम्मान २०७८' बाट सम्मान गरिएको हो । उनले ढिलो चाडो भए पनि आफ्नो प्रतिभाको कदर गर्दै सम्मानित हुदा अझ धेरै जिमेवारी बढेको अनुभूति भएको बताएका छन् ।
 
 
"राष्ट्रलाई पुर्याएको उल्लेखनीय योगदान, बिशिष्ट व्यक्तिव तथा श्रष्टालाई बिशेष सम्मान" नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेका राष्ट्रिय व्यक्ति तथा श्रष्टाहरुलाई सम्मान प्रदान गरिएको थियो । रिबन इन्टरटेनमेन्ट प्रा. लि. को आयोजना रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपती परमानन्द झा उपस्थित थिए भने विशिष्ट अतिथि नेपाली चलचित्रको प्रथम नायिका भुवन चन्द, विशेष अतिथि प्रताब बाबु तिवारी र कार्यकम संयोजक निशु कान्त झा रहेका थिए । कार्यकममा परमानन्द  झा र भुवन चन्दले सम्मानपत्र वितरण गरेका थिए ।  
 
नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अभिनेता धिरन शाक्य, निर्देशक सुदर्शन थापा, संगीतकार अर्जुन पोखरेल, लगायतका एक दर्जन श्रष्टाहरुलाई पनि सम्मान गरिएको थियो ।

CopyRight |All Rights Reserved