रिलिफ ... अ थर्स्ट स्टोरी (लघुकथा) - क्षितिज खनाल

बैशाख २, २०७८

- क्षितिज खनाल
 
हरेक बिहान जब म मर्नीङ वाकको लागी हिडेर ढुंगेधारा नजिक पुग्छु, त्यहाँ अनेक मान्छेहरुको भिडमा आँखा घुमाउदै गर्दा मेरो नजर टक्क अडीन्छ पानिको जार भएको तिम्रो डोको र तिमीमा, तर तिमीलाई अझै पनि थाहा छैन यो कठोर सत्यता, यो भ्रामक कल्पना । त्यत्तीकैमा तिमी पानी भर्न धारा नजिक पुग्छ्यौ । मन लाग्छ हेरीरहुँ तिम्रो त्यो मुस्कानले भरीएको चेहरा तर के गर्नु मर्निगं वाकमा छु त्यो पनि काकासँग ।
 
त्यहाँबाट हिड्ना साथ तिमी पनि मै सगँ हुन्छ्यौ, मेरो खयालमा । विभीन्न कुराहरु मनमा खेलाउदैँ मिठा सपनाहरु बुन्दै ङिच्च पर्दै म लाग्छु घरतिर । घरबाट निस्किदा आधा घण्टा लाग्ने त्यो बाटो फर्किदा भने दश मिनेट पनि नपुगेको जस्तो आभास हुन्छ ।
 
खोई किन हो किन तिमी मेरो बाहाना बनेकी छ्यौ, मर्निङ वाकको । सधै घरबाट निस्केपछी दोहोरीने उही नियमितता, उही डोको उही ढुगेंधारा र उही तिमी मात्र फरक छ सधैको भिन्न खयाल तिम्रो, मुटु नै छुनै चिसो बतासको अनुभुति जस्तो ।
 
त्यहाँ पुग्नासाथ मान्छेले समेट्न सक्ने आफ्नो अनुभुती सबै समेट्ने प्रयास मै जान्छ मेरो समय, छड्के नजरले हेरेर कपाल कन्याउदैँ जब म फर्किरहेको हुन्छु मलाई ठिक त्यस बेला रिस उठ्छ यी मान्छेले सिर्जना गरेको हतारो जसले मलाई निरीह फर्काइरहेको छ केही दिनबाट ।
 
साँच्चै नै भन्ने हो भने आजभोली तिमी कुमार नगरकोटी की पात्र हौ जसले मन अपहरण गरेर भाग्ने गर्छ । भनिन्छ नि भेटीएर त्यत्तीकै छुट्नु भन्दा नभेटिएकै जाति, अब नभेटीनु भेटीहालीयो । तिमी मादक मुस्कान छोडीरहनु म समेट्छु यी अनुभुति कुनै दिन त आउने छ साहस त्यती चाहीँ विश्वास छ आफैमा, तिमी नहराउनु त्यतीन्जेल, म भन्नेछु - "हेलो म राज .....अनि तिमी ?"

CopyRight |All Rights Reserved