एचबिओ को फिल्म खेल्दै नटाली पोर्टम्यान

बैशाख १, २०७८

हलिउड अभिनेत्री नटाली पोर्टम्यानले एचबिओ को आगामी फिल्म 'द डेज अफ अब्यान्डोनमेन्ट' मा अभिनय गर्ने भएकि छिन् ।
 
 
हाल प्रि-प्रोडक्सनको चरणमा रहेको फिल्म एलेना फेरान्तेको सोहि नामको उपन्यासमा आधारित रहेको छ फिल्ममा पोर्टम्यानले स्थिर जीवनको लागि आफ्नो सपनाहरु त्यागेकी टेस नामको चरित्र निर्वाह गर्नेछिन्, जसलाई श्रीमानले बेवास्ता गरेपछि उसको जीवन कष्टकर बन्न पुग्छ । फिल्मलाई म्यागी बेट्सले निर्देशन गर्नेछिन् ।
 
 
केहि दिन अघि मात्र पोर्टम्यानले एपल को सिरिज 'लेडी इन द लेक' मा खेल्ने समाचार आएको थियो । पोर्टम्यानले 'ब्ल्याक स्वान' बाट उत्कृष्ट अभिनेत्रीको विधामा अस्कर अवार्ड जितेकी थिईन् । उनका 'क्लोजर', 'ज्याकी', 'लियोन: द प्रोफेसनल', 'भि फर भेन्डेटा', 'एन्हाईलेसन', 'स्टार वार्स' प्रिक्वेल लगायतका फिल्महरु चर्चित छन् ।

CopyRight |All Rights Reserved