मुना गौचन अभिनित हिन्दि गीतको भिडियो सार्बजनिक

चैत्र ३०, २०७७

मुना गौचन अभिनित हिन्दि गीतको भिडियो सार्बजनिक भएको छ । 'हम तुम' बोलको गीतमा अलौकिक राही र आनन्द बि सेशाद्रीको शब्द रचना, नरेश आनन्दको संगीत, बेनी दयाल र जोनिता गान्धीको स्वर रहेको छ । सुमित बरुवा निर्देशित भिडियोमा मुनाको साथमा अनिकेत चिन्दक र रोहन सिंहको पनि अभिनय रहेको छ ।गौरव रावतको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक बरुवाले नै गरेका हुन् ।
 
 
'एम एण्ड एस' म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले 'टिजीआईएफ फेसन विक २०१६' मा पनि सहभागिता जनाएकी थिईन् । उनी 'फेस अफ क्लासिक डायमंड २०१७' र 'मिस इको नेपाल २०१९' को विजेता मुनाली थुप्रै म्यागजिनको लागि कभर फोटोशुट गरिसकेकी छिन् । एनसेल को विज्ञापन मार्फत डेब्यु गरेकी उनले 'नेपाल आइस' लगायतका दर्जनौ विज्ञापन खेलीसकेकी छिन् भने भारतमा पनि ल्याक्मे, लोरियर, अमेजन लगायतका विज्ञापनमा अभिनय गरेकी छिन् । केहि समय अघि उनी 'रंग लगाया तुने' बोलको हिन्दि गीतको भिडियोमा पनि देखिएकी थिईन् । 
 

CopyRight |All Rights Reserved