‘घिन्ताङ’को शुभमुहुर्त, एलिजा गौतमको ठाउँमा लक्ष्मी बर्देवा अनुबन्धित

फाल्गुन ५, २०७७

दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’ को सरस्वती पूजाको अवसर पारेर मंगलबार बिहान कमलादी स्थित गणेश मन्दिरमा शुभमुहुर्त गरिएको छ । फिल्ममा एलिजा गौतम मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भएकी थिईन् तर केहि दिन अघि उनले फिल्मबाट हात झिकेपछि उनको ठाउँमा अभिनेत्री लक्ष्मी बर्देवा अनुबन्धित भएकी छिन् ।
 
 
अन्तरजातिय प्रेम बिबाहको कथा रहेको फिल्ममा गौरव पहारी मुख्य भूमिकामा रहेका छन् । फिल्म साहित्यकार मन्दिरा ‘मधुश्री’ को ‘मासुको मुल्य’ कथामा आधारित रहेको छ । राज लामा प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन काठमाण्डौ र चित्लाङमा गरिनेछ ।

CopyRight |All Rights Reserved