ओबामा दम्पतिले तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा आधारित भएर फिल्म बनाउने

माघ २५, २०७७

पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा आधारित भएर फिल्म 'तेन्जिङ' बन्ने भएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको प्रोडक्सन कम्पनी ‘हाइअर ग्राउण्ड प्रोडक्सन्स’ ले नेटफ्लिक्स सँगको सहकार्यमा यस फिल्मको निर्माण गर्न लागेको हो ।

जेनिफर पिडम (शेर्पा) ले निर्देशन गर्ने फिल्म एड डग्लसको पुस्तक ‘तेन्जिङ: हिरो अफ एभरेस्ट’ मा आधारित हुनेछ । फिल्मको स्क्रिप्ट लुक डेविसले लेखेका हुन् । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका आरोही एडमन्ड हिलारीले एकसाथ सगरमाथाको सफल आरोहण गरेका थिए । उनीहरुले पहिलो पटक सगरमाथा आरोहण गर्ने रेकर्ड बनाएका थिए ।

CopyRight |All Rights Reserved