सरोज खनालको निर्देशनमा छोटो फिल्म 'बिहानीमै अस्ताएको सूर्य' सार्बजनिक

माघ २०, २०७७

अभिनेता सरोज खनालको निर्देशनमा छोटो फिल्म 'बिहानीमै अस्ताएको सूर्य' सार्बजनिक भएको छ । ११ मिनेट लामो यस फिल्ममा रंगकर्मी सुनिल पोखरेलको अभिनय रहेको छ । फिल्ममा कोरोना महामारीको समयमा भोकसँग जुधीरहेको मजदुरको कथा प्रस्तुत गरिएको छ ।
 
 
सुरज काफ्लेको कवितामा आधारित यस फिल्ममा गोविन्द श्रेष्ठ, गायत्री लम्साल, दिपेश गुरुङ, निश्चल ठकुरी लगायतको पनि अभिनय देख्न सकिन्छ । जुन भिजन इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्ममा अनिल श्रेष्ठ र धन खालिंग राईको छायांकन साथै नविन निरौलाको सम्पादन रहेको छ ।
 

CopyRight |All Rights Reserved