'कृष्ण लीला' चैत्र २७ गते देखि प्रदर्शन हुने

माघ २०, २०७७

दीपक ओली निर्देशित फिल्म 'कृष्ण लीला' चैत्र २७ गते देखि प्रदर्शन हुने भएको छ । मंगलवार निर्माण टिमले आधिकारिक रुपमा फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीको साथ साथै बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतको अभिनय रहेको छ । रोहित कट्टेलको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव ढकालको छायांकन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । 
 
 
यस सँगै चैत्र २७ गते तीन नेपाली फिल्म प्रदर्शन हुने भएको छ । सोहि मितिमा पुष्पकै फिल्म 'मनसंग मन' प्रदर्शन हुदैछ भने 'लप्पन छप्पन २' ले पनि सोहि मिति तोकेको छ ।

CopyRight |All Rights Reserved