'केजीएफ: च्याप्टर २' को रिलिज मिति घोषणा

माघ १६, २०७७

बहुप्रतिक्षित भारतीय फिल्म 'केजीएफ: च्याप्टर २' को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म जुलाई १६ मा रिलिज हुने पक्का भएको हो । केहि दिन अघि फिल्मको टिजर सार्बजनिक गरिएको थियो ।
 
 
 
प्रशान्त नील निर्देशित यस फिल्ममा यशको साथ साथै संजय दत्त, श्रीनिधि सेठ्ठी, रविना टन्डन, प्रकाश राज लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई विजय किरागन्दुरले निर्माण गरेका हुन् । फिल्म कन्नड, हिन्दि, तेलुगु, तमिल र मलायलम भाषामा रिलिज हुनेछ । फिल्मको पहिलो भाग सन् २०१८ मा रिलिज भएको थियो ।
 

CopyRight |All Rights Reserved