शिल्पीमा माघ १० गते सम्म नाटक ‘६ पात्रको एकलाप’ मन्चन हुदै

माघ ४, २०७७

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ १ गते देखि नाटक ‘६ पात्रको एकलाप’ मन्चन भइरहेको छ । कोभिड-१९ महामारीका कारण गरिएको लकडाउनपछि मन्चन भएको यो पहिलो नाटक हो ।  
 
  
घिमिरे युवराजको परिकल्पना तथा निर्देशन रहेको नाटकमा समाजमा व्याप्त विभेदका श्रृङ्खलालाई ६ जना महिला कलाकारहरुले चित्रण गरेका छन् । पवित्रा खड्काको कोरियोग्राफी रहको नाटकमा पवित्रा खड्का, संगीता उराव, नम्रता अर्याल, साहिना भट्टराई, सुहाना आचार्य र सुमित्रा लामिछानेको अभिनय रहको छ ।
 
माघ १० गते सम्म मन्चन हुने नाटक मंगलबार बाहेक प्रत्येक दिन बेलुकी ४ बजे मन्चन भईरहेको छ ।
 
नाटक घरमा दर्शकहरुको ज्वरो नाप्ने, मास्क लगाउने साथै स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डहरुको पालना गरिएको छ । त्यस्तै दर्शकहरु बीच सामाजिक दुरी पनि कायम गरिएको छ ।

CopyRight |All Rights Reserved