रक्तदान (कविता) - अंकिता त्रिपाठी

पुष २७, २०७७

- अंकिता त्रिपाठी

म तिम्रो सपना हूँ

नेपाल बदल्ने रुप हूँ

मार्टिन लुथरको बिपना हूँ

म हिटलर हूँ

एकताको प्रारुप  हूँ

म एकैमा कयौ हूँ

सिङ्गो ईतिहास हूँ

उनको दु:खले आर्जेको

मुलुकको इतिहास।

 

बबुरो ठान्छौ

तिमी मलाई लज्जावन्ति

झारझै पन्छ्याउछौ

म  नमन गर्दै

 तिमिलाइ याद दिलाउँछु,

एक षड्यन्त्र छ मसंग

सबै भ्रष्टहरुलाई हिटलरलेझै

ग्यास च्याम्बरमा

हालेर सिध्याउने

मण्डेलाको विवेक छ मसंग

सबै एकै हुन भन्ने

मार्क्सको समाजवाद छ मसंग

तिमी- तिमी बिचको

घमण्डको खाडल पुर्ने

गोपाल प्रसाद रिमालले

कल्पेका जुग यहि हो

त्यो युटोपिया मै हूँ

तर म छु

दुशासनको रगत पिउने

यो युगको भिम बनेर

रगतले केश धुदै

अत्याचारको खबरदार गर्ने

यो युगको द्रौपदि बनेर

अर्को कोत पर्व रचेर

रगतको खोलो बगाउदै

 सत्ता पल्टाउने

यो युगको जङ्गे बनेर

अक्टरलोनिको डरको

एक अंश भएर

म जन्मिसकेको छु

म अखण्डित इतिहास  हूँ

म सगरमाथाको हंस हूँ

दशवर्षे

रक्तविजले जन्माएको वंश  हूँ

सबैको नेपाल  हूँ

सबै नेपालिको हूँ।

 

म तिमीलाई पुन: याद दिलाउँछु

म एकैमा कयौ  हूँ

नयाँ इतिहास हूँ

थोपा थोपा रगतको फलिफापले

आदर्श

मेरो देशको सार्वभौमिकता

हरहालमा बचाउनु छ

मेरो रगतमा सास छ आश छ

अहंकार छ संस्कार छ

स्वाभिमान छ सपना छ

जोश छ आँट छ

प्रतिरोधक शक्ति छ

भन कोहि छौ इखालु जनता

जसलाई म रक्तदान दिन सक्छु ?

किनकी रोगले थलथलिएको मेरो देश

बचाउनु छ

तिमी र म मिलेर बनाउनु छ

आदर्श देश

पृथ्वीनारायण शाहले देखेको देश

 

CopyRight |All Rights Reserved