'पारस' बाट अलग्गिए माधव वाग्ले

पुष २४, २०७७

अनमोल केसीको अभिनय रहने भनिएको फिल्म 'पारस' बाट माधव वाग्ले अलग्गिएका छन् । भुवन केसीले निर्माण गर्ने फिल्मलाई माधव वाग्लेले निर्देशन गर्ने सहमति भएको थियो तर भुवन केसी र उनको टिमले कथा परिवर्तन गरेको कारण वाग्लेले फिल्म छाडेका हुन् । 
 
 
वाग्लेले परिवर्तित स्क्रिप्ट चित्त नबुझेकोले आफुले सहमतिमै फिल्म छाडेको बताएका छन् । उनले अब आफु नयाँ फिल्मको तयारीमा लागेको जानकारी पनि दिएका छन् । 'पारस' लाई भने अब सिमोस सुनुवारले निर्देशन गर्नेछन् ।

CopyRight |All Rights Reserved