प्रतिक्षित फिल्म 'केजीएफ: च्याप्टर २' को टिजर सार्बजनिक गरिएको छ । अभिनेता यशको ३५ औं जन्मदिन पारेर शुक्रबार रिलिज गर्ने लक्ष्य राखिएको टिजर विहिबारनै लिक भएपछि निर्माण टिमले विहिबारनै आधिकारिक रुपमा टिजर सार्बजनिक गरेको हो ।
प्रशान्त नील निर्देशित यस फिल्ममा यशका अलावा संजय दत्त, श्रीनिधि सेठ्ठी, रविना टन्डन, प्रकाश राज लगायतको पनि अभिनय रहेको छ ।