‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक

पुष २३, २०७७

दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, बसन्त सापकोटाको संगीत र सुष्मा रुपहाङ्ग राईको शब्द रहेको छ । गीतको भिडियोमा कविता मानन्धर र शक्ति श्रेष्ठको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।
 
 
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । 
 
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यसोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन् । 
फिल्म माघ १ गतेबाट हलहरुमा प्रदर्शन हुनेछ ।  
 

CopyRight |All Rights Reserved