'एउटा यस्तो प्रेम कहानी' माघ १ गते देखि प्रदर्शन हुने

पुष १७, २०७७

दिपेश सापकोटा निर्देशित फिल्म 'एउटा यस्तो प्रेम कहानी' को प्रदर्शन मिति निश्चित गरिएको छ । फिल्म माघ १ गते देखि प्रदर्शनमा आउने भएको छ । कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका चलायमान बनाउने उधेश्यले फिल्म प्रदर्शन गर्न लागिएको बताइएको छ । साथै निर्माण टिमले फिल्मको एक पोस्टर पनि सार्बजनिक गरेको छ ।
 
 
अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।
 
फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मलाई यसोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुन् ।

CopyRight |All Rights Reserved