जीवित तर कागजी रुपमा मृत मान्छेको कथा - 'कागज' (ट्रेलर)

पुष १०, २०७७

पंकज त्रिपाठी मुख्य भूमिकामा रहेको फिल्म 'कागज' को ट्रेलर सार्बजनिक गरिएको छ । फिल्ममा अभिनेता त्रिपाठीले एउटा यस्तो व्यक्तिको भूमिका निर्वाह गरेका छन् जो जीवित छ तर कागजी रुपमा भने उसको मृत्यु भईसकेको छ । फिल्ममा उक्त पात्रले आफु जीवित भएको कागजी प्रमाणपत्र बनाउन गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । 
 
 
फिल्म सत्य घटनामा आधारित रहेको छ । आजमगढ़का भारत लाल उर्फ लाल बिहारीको जीवनमा घटेको घटनालाई फिल्मको रुप दिईएको हो । 
 
सलमान खान फिल्म्सले निर्माण गरेको यस फिल्मलाई सतिश कौशिकले निर्देशन गरेका हुन् । सतिश कौशिकले फिल्ममा एक वकिलको भूमिका पनि निभाएका छन् । सन् २०२० को मे महिनामा हलमा नै रिलिज गर्ने भनिएको फिल्मको प्रदर्शन कोरोना महामारीको कारण रोकिएको थियो । हाल डिजिटल रिलिजको बाटो रोजेको फिल्म जनवरी ७ मा जी ५ मार्फत रिलिज हुनेछ । उत्तर प्रदेशमा भने केहि हलहरुमा समेत फिल्म प्रदर्शन गरिनेछ । 
 

CopyRight |All Rights Reserved