भारतीय अभिनेत्री रकुल प्रीत सिंहलाई कोरोनाको संक्रमण

पुष ८, २०७७

भारतीय अभिनेत्री रकुल प्रीत सिंहलाई कोरोनाको संक्रमण भएको छ । संक्रमणको जानकारी उनी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् । हालै उनी आफ्नो परिवारसँग माल्दिभ्समा छुट्टि मनाउन गएकी थिईन् । 
 
 
उनले आफुलाई कोरोना पोजेटिभ देखिएको र हाल क्वारेंन्टाईनमा बसिरहेको भन्दै आफ्नो सम्पर्कमा आएका सबैलाई परिक्षण गराउन अनुरोध गरेकी छिन् ।
 
परिक्षणको रिपोर्ट पोजेटिभ आउनु अघि उनी अमिताभ बच्चन र अजय देवगनसँग फिल्म 'मेडे' को छायांकन गरिरहेकी थिईन् । अजयले नै निर्देशन गरिरहेको यो फिल्मको छायांकन डिसेम्बर ११ बाट सुरु भएको थियो । फिल्ममा रकुलले एक पाइलटको भूमिका निर्वाह गर्दैछिन् ।

CopyRight |All Rights Reserved