शिल्पी नाट्ययात्राबारे पुस्तिका विमोचन, साथै वृत्तचित्र प्रदर्शन

कार्तिक १६, २०७७

अघिल्लो वर्षको असोज र कात्तिकमा शिल्पी थिएटरका कलाकारहरुले गरेको नाट्ययात्राबारे कलाकार साथै दर्शकका अनुभूतिहरु  समेटिएको पुस्तिका सार्बजनिक गरिएको छ । शिल्पी थिएटर, बत्तीसपुतलीमा आयोजित एक कार्यक्रम मार्फत साहित्यकार कुमार नगरकोटी र शिल्पी नाटकघरका अध्यक्ष कुमार आलेले पुस्तिकाको विमोचन गरेका हुन् । साथै कार्यक्रममा सोहि नाट्ययात्रामा आधारित वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
 
 
सामाजिक दुरी कायम राख्दै संचालन गरिएको उक्त कार्यक्रममा नाट्ययात्रामा सहभागी स्मारिका फुँयाल, संगीता उराव र अमजद प्रवेजले आफ्नो अनुभव पनि बाँडेका थिए ।
 
गत वर्ष दशैँको पुर्णिमाको भोलिपल्ट देखि कलाकारहरुले ५ हप्ता लामो नाट्य यात्रा थालेका थिए । १७ जनाको टोलिले विभिन्न १० जिल्लाहरुमा 'कल्पना र उर्मिला दु:खमा छन्' नामको २१ मिनेट लामो कचहरी नाटक ४२ पटक मन्चन गरेका थिए । नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका थिए । 

CopyRight |All Rights Reserved