भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यालयको निर्देशन

कार्तिक १३, २०७७

र्‍यापर भिटेन (समीर घिसिङ) लाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ । केहि दिन अघि सार्बजनिक भएको एक गीतमा प्रयोग भएका शब्दहरु प्रति आपत्ति जनाउदै उनलाई कारबाही गर्न निर्देशन दिईएको हो ।
 
 
भिटेनले केहि दिन अघि 'पारा' बोलको गीतको भिडियो युट्युबमा सार्बजनिक गरेका थिए । भिडियोमा प्रहरीलाई लक्षित गरेर आपत्तिजनक शब्द तथा दृश्य राखिएको कारण उनलाई कारबाही गर्ने निर्देशन दिईएको प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले बताएका छन् । प्रहरी प्रधान कार्यालयले पठाएको पत्र साइबर ब्युरोमा आईसकेको र हाल प्रारम्भिक अनुसन्धान चलिरहेको बताइएको छ ।
 
एक बर्ष अघि पनि एक गीतकै कारण उनलाई पक्राउ गरिएको थियो । त्यतिबेला भिडियो युट्युबबाट हटाउन लगाइएको थियो र कहिल्यै त्यस्ता शब्दहरु गीतमा प्रयोग नगर्ने शर्तमा उनलाई छाडीएको थियो ।   

CopyRight |All Rights Reserved