मनोज गजुरेललाई कोरोना संक्रमण

कार्तिक ११, २०७७

 हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणको जानकारी सोमबार उनी आफैले सामाजिक संजाल मार्फत दिएका हुन् । उनले आफुले अघिल्लो हप्ता आफ्नो दाजुलाई अस्पताल लाने/ल्याउने गरेको, बिहिबार सामान्य टाउको दुखेको, शुक्रबार ज्वरो आएको र शनिबार ढाड पनि दुख्न थालेपछि पिसीआर टेष्ट गरेको बताएका छन् । उनी बिहिबार देखिनै आइसोलेसनमा बसिरहेका छन् ।
 
 
उनले अहिले आफुलाई अप्ठेरो किसिमको कुनै पनि लक्षण नदेखिएको बताएका छन् । उनले सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो रोग जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ भन्दै आफू सचेत र सुरक्षित रहन तथा 'पोजिटिभ' देखिई हालेमा पनि नआत्तिन र बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध गरेका छन् । साथै उनले आफुले छिट्टैनै भाइरस माथि विजय हासिल गर्ने पनि लेखेका छन् । 
 
मनोज गजुरेलको फेसबुक स्टाटस :
 
नमस्कार

                     </p>
                  </div>
               </div>

               


               <!--photoVideoAlbums-->
            
                           <!--//photoVideoAlbums-->

              
                  <div class=