‘ए मेरो हजुर ४’ को पोस्टर सार्वजनिक

कार्तिक ९, २०७७

दशैंको अवसर पारेर झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्बजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापालाई देखाइएको छ । 
 
 
कोरोनाको कारण रोकिएको फिल्मको छायांकन केहि दिन अघि सुरु गरिएको थियो । दशैँ लगत्तै पनि फिल्मको छायांकन हुनेछ । फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा देखिनेछन् भने केहि दिन अघि गायक दुर्गेश थापा पनि गायन र अभिनयको लागि अनुबन्धित भएका थिए । 
 

CopyRight |All Rights Reserved