निर्देशक मिलन चाम्सलाई कोरोना संक्रमण

कार्तिक ९, २०७७

फिल्म निर्देशक मिलन चाम्सलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणको जानकारी अभिनेता तथा क्याप्टेन विजय लामाले आफ्नो फेसबुक मार्फत दिएका हुन् ।
 
 
चाम्सलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिदै लामाले चाम्सलाई शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । लामालाई पनि केहि समय अघि संक्रमण भएको थियो र हाल उनलाई निको भईसकेको छ ।
 
विजय लामा फेसबुकमा लेख्छन् - 

अन्ततः नेपाली चलचित्र जगतमा पनि एउटा पछि अर्कोलाइ कोरोनाको संक्रमणले च्याप्दै छ। आज मेरो भाइ बरिस्ठ निर्देशक मिलन चाम्सलाइ पनि छोडेन यो कोरोनाले!

लु हो भाइ सरकार..हिजोको दिन तिमिले मेरो लागि प्रार्थना गर्यौ र माया अनि साथ दियौ!! आज मेरो तर्फ बाट पनि त्यतिकै माया, साथ अनि प्रार्थना है!

शिघ्र स्वास्थ लाभको कामना सहित आशिर्वाद।

जय चन्द्र सुर्य!!!

 

अन्ततः नेपाली चलचित्र जगतमा पनि एउटा पछि अर्कोलाइ कोरोनाको संक्रमणले च्याप्दै छ। आज मेरो भाइ बरिस्ठ निर्देशक मिलन...

Posted by Vijay Lama on Saturday, 24 October 2020
 

CopyRight |All Rights Reserved