फेरी दोहोरो भूमिकामा देखिदै शाहरुख

कार्तिक ८, २०७७

दुई बर्षको अन्तराल पछि भारतीय अभिनेता शाहरुख खान फेरी फिल्म गर्दैछन् । उनी ३ फिल्महरुमा देखिने पक्का भईसकेको छ । नोभेम्बरमा उनी यशराज फिल्म्सको 'पठान' को छायांकन सुरु गर्नेछन् । यसको अलावा उनी राजकुमार हिरानी र दक्षिण भारतीय फिल्मकर्मी एटलीको फिल्ममा पनि देखिने छन् । 
 
 
खबरहरुका अनुसार एटलीको फिल्ममा शाहरुख दोहोरो भूमिकामा देखिनेछन् ।फिल्ममा उनी बाबु र छोरा दुवै भूमिका आफैले निभाउने छन् फिल्ममा बाबु रअ को एजेन्ट हुनेछन् भने छोरा एक गैंगस्टर । शाहरुखलाई बाबुको भूमिकामा देखाउनको लागि प्रोस्थेटिकको सहारा लिईनेछ । एटली यतिबेला स्क्रिप्टको काममा ब्यस्त छन् । 
 
शाहरुखले सन् २०१८ मा आनन्द एल. राइनिर्देशित 'जिरो' पछि फिल्म खेलेका छैनन् । उनी  यस अघि 'डुप्लिकेट', 'डन', 'पहेली', 'करण अर्जुन', 'फ्यान' लगायतका फिल्ममा दोहोरो भूमिकामा देखिएका थिए । त्यस्तै एटलीले यसअघि 'बिगिल', 'मेर्सल', 'थेरि' जस्ता हिट फिल्महरु बनाएका छन् ।

CopyRight |All Rights Reserved