पोखराका रंगकर्मीको भोगाईमाथि मण्डलाको 'प्लेब्याक थिएटर'

आश्विन २५, २०७७

'प्लेब्याक थिएटर' मार्फत पोखराका रंगकर्मीहरुको जीवनको भोगाईलाई अभिनयमा उतारेर प्रस्तुत गरिएको छ । मण्डला थिएटरका कलाकारले भर्चुअल माध्यमबाट प्रस्तुत गरेको उक्त नाटकमा पोखराका रंगकर्मीहरुको जीवन भोगाईलाई अभिनय मार्फत देखाइएको थियो । 
 
 
नाटकमा रंगकर्मीहरु सरुभक्त, प्रकाश घिमिरे, प्रमिला तुलाचन, रोशन ज्ञवाली, जनक पराजुली, प्रतिभा रिमाल, केदार बोहोराले आफ्नो जीवन भोगाई तथा अनुभवहरु सुनाएका थिए । कलाकारहरुले त्यसैमा आधारित रहेर अभिनय गरेका थिए । नाटकमा राजन खतिवडा, उमेश तामाङ, सारदा अधिकारी, अनुप न्यौपाने, सुदीप खतिवडा, रन्जना ओली, रेणु योगी, अंकित खड्का, बिजय बराल, बिजया कार्की, बिकास जोशी, सन्दीप श्रेष्ठ र सोमनाथ खनालले अभिनय गरेका थिए ।
 
सरुभक्तले सुनेको भरमा त्यसलाई अनुभूत गरि कलाकारहरुले तुरुन्तै गरेको अभिनय आफुलाई उत्कृष्ट लागेको बताएका छन् । मण्डलाले नाटकको ७ शो गरिसकेको छ भने जम्मा १२ शो पुर्याउने लक्ष्य राखेको छ । यस अघि भूकम्पको बेलामा पनि चौतारी थिएटरको अभ्यास गरिएको थियो ।

CopyRight |All Rights Reserved