डा. गोविन्द केसीको समर्थनमा शिल्पी थिएटरको सडक नाटक

आश्विन १५, २०७७

 डा. गोविन्द केसीको समर्थनमा बुधबार सडक नाटक मन्चन गरिएको छ । ललितपुरको पाटन दर्बार स्क्वायरमा शिल्पी थिएटरका कलाकारहरूले नाटक मञ्‍चन गरेका हुन् । नाटक मार्फत डा. केसीका मागहरु प्रति उदासिन सत्ताधारीलाई झक्झक्याउने प्रयास गरिएको छ ।
 
 
चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. केसी अहिले टिचिङ अस्पताल, महाराजगंजमा अनसनमै बसिरहेका छन् । 
 

CopyRight |All Rights Reserved