'घनचक्कर' को 'दाइको सालो' सार्बजनिक

मंसिर ९, २०७५

 
सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र 'घनचक्कर' को दोस्रो गीत सार्बजनिक भएको छ । 'दाइको सालो' बोलको गीतमा बिपिन आचार्य को शब्द/संगीत तथा राजेश पायल राइ र माण्डवि त्रिपाठीको स्वर रहेको छ । गीतको भिडियोमा साइमन राजबंशीको करियोग्राफी रहेको छ । 
 
जितेन्द्र राजोपाध्यायको निर्देशन रहेको चलचित्रमा जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगर, प्रवन भुसाल, सरोज खनाल, इश्वरी खड्का, कर्णप्रिय धिताल लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा अर्जुन सिंह को कथा, काजी लिम्बुको पटकथा/सम्बाद, मित्र डि गुरुङ को सम्पादन तथा सुसन प्रजापतिको छायांकन रहेको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र पुस १३ गते रिलिज हुदैछ । 
 
 
हेर्नुहोस गीतको भिडियो :
 

 

CopyRight |All Rights Reserved