अमेरिकाको डेनभरमा ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण सम्पन्न हुने

मंसिर ८, २०७५

 
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभरमा आगामी जनवरी ५ तारिख ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण आयोजना गरिने भएको छ । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् । अवार्डको तयारि तिब्र रुपमा भईरहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।
 
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ को नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

CopyRight |All Rights Reserved