'गरुड पुराण’ को पहिलो गीत सार्बजनिक

मंसिर ६, २०७५

 
 
चलचित्र ‘गरुड पुराण’ को ‘म त पिरिममा’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा कोसिश क्षेत्रीको संगीत,  दिनेश राउतको शब्द रचना,  कोसिश र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा निश्चल बस्नेत सँगै चलचित्रका कलाकारहरु कर्म र नव नायिका प्रियंका सिंहलाइ देख्न सकिन्छ । गीतको भिडियोमा रेनेशा वान्तवा राईको करियोग्राफी रहेको छ ।
 
सुबास कोईरालाको निर्देशन रहेको चलचित्रमा कर्म, नाजिर हुसेन, कामेश्वर चौरसिया, प्रियंका सिंह, बसन्त भट्ट, प्रकाश घिमिरे, लुनिभा तुलाधर, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको अभिनय रहेको छ । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यस चलचित्रमा कसम नेपालको कथा, आकाश बराल, बिनोद खतिवडा, सुबास कोइरालाको पटकथा, सुसन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ । चलचित्र माघ ४ गते रिलिज हुनेछ । 
 
हेर्नुहोस भिडियो :
 

 

CopyRight |All Rights Reserved