'रणवीर' को मोसन पोस्टर सार्बजनिक

आश्विन २४, २०७५

 
गोविन्दसिंह भण्डारीको निर्देशन रहेको चलचित्र 'रणवीर' को मोसन पोस्टर युट्युब मार्फत सार्बजनिक गरिएको छ । निर्देशक भण्डारीकै कथा/पटकथा/सम्बाद रहेको  एक्सन, रोमान्स जनराको यस चलचित्रमा सुशील सिटौला शिर्ष भूमिकामा रहेका छन् । त्यस्तै यस चलचित्रमा शुभेच्छा खड्का, प्रशान्त ताम्राकार, सुपुश्पा भट्ट, हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदीश रिजाल, शैलेश्वरी सिंह, बसन्ती भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
गोमा बिष्ट र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । चलचित्र माघ १८ गते रिलिज हुनेछ ।
 
हेर्नुहोस मोसन पोस्टर :
 

CopyRight |All Rights Reserved