'पाथेर पंचाली' एक असाधारण चलचित्र : क्रिष्टोफर नोलान

चैत्र १९, २०७४

 
'डनकर्क' निर्देशक क्रिष्टोफर नोलान 'रिफ्रेमिंग दि फ्युचर अफ फिल्म' शिर्षकको तिन दिने कार्यक्रमका लागि भारत आएका थिए । उनले आफुले भर्खरै मात्र सत्यजित रे को 'पाथेर पंचाली' हेरेको र यो एक असाधारण चलचित्र हो भन्ने टिप्पणी गरेका छन् । ४७ बर्षीय नोलानले आफु लाइ भारतीय चलचित्रको बारेमा अझ धेरै बुझ्ने इच्छा जागेको पनि बताएका छन् । नोलानले २०१२ को उनको ब्याटम्यान सिरिजको 'दि डार्क नाइट राइजेज' को केहि दृश्यहरुको छायांकन जोधपुरमा गरेका थिए  । उनले भबिष्यमा पनि भारत आएर अझ धेरै दृश्यहरु छायांकन गर्ने इच्छा ब्यक्त गरेका छन् । 
 
 

CopyRight |All Rights Reserved