नेटफ्लिक्स का चलचित्रहरु क्यान्स मा प्रतिबन्धित

चैत्र १९, २०७४

 
 
अनलाइन स्ट्रिमिंग कम्पनि नेटफ्लिक्स द्वारा निर्मित चलचित्रहरु 'क्यान्स फिल्म फेस्टिवल' को प्रतियोगितामा प्रदर्शन गर्न प्रतिबन्ध गरिएको छ । नेटफ्लिक्सले निर्माण गरेका चलचित्रहरु सिनेमा घरहरुमा प्रदर्शन नहुने भएका कारणले उक्त प्रतिबन्ध लगाइएको हो । तर क्यान्सको प्रतियोगिता बाहेक अन्य सेक्सनमा भने चलचित्रहरु प्रदर्शन गर्न पाइने बताइएको छ । अघिल्लो बर्ष नेटफ्लिक्स का दुइ चलचित्रहरु 'ओक्जा' र 'दि मेयरोविज स्टोरिज' क्यान्स मा प्रदर्शन भएका थिए । त्यतिबेला नै उक्त प्रदर्शनको बिरोध गरिएको थियो । यो बर्षको क्यान्स फेस्टिवल मे ७ देखि १८ सम्म चल्नेछ ।

CopyRight |All Rights Reserved