सर्बनाम थिएटरमा 'जिउँदो आकाश'

फाल्गुन १२, २०७४

 
डाँफे थिएटरको प्रस्तुतिमा बनेको नाटक 'जिउँदो आकाश' यहि फाल्गुन ११ गते देखि कालिकास्थान स्थित सर्वनाम थिएटरमा मन्चन भैरहेको छ । याैन अल्पस‌ंख्यक तेस्राे लिंगीकाे कथामा अाधारित यो नाटक फाल्गुन १९ गते (बिहिबार बाहेक) सम्म हरेक दिन साँझ ५:१५ बजे र शनिबार अतिरिक्त शो दिउसो १ बजे  मन्चन हुनेछ । चन्द्र प्रसाद पाण्डेको लेखन तथा आर के मेहता रोशनको निर्देशन रहेको नाटकलाइ सम्रांत थापा र टंक चौलागाईंले निर्माण गरेका हुन् । नाटकमा  अनिल सुब्बाको एकल अभिनय रहेको छ ।
 
करिब छ महिना अघि पनि सर्वनाम थिएटरमा मन्चन गरिएको यो नाटक भारतको राष्ट्रिय नाट्य बिद्यालयले आयोजना गरेको आठौ अन्तर्राष्टिय ओलम्पिक थिएटर फेस्टिबलको लागि पनि छनोट भएको छ । उक्त थिएटर फेस्टिबल अन्तर्गत फाल्गुन २८ गते गुहाटि र फाल्गुन ३० गते दिल्लीमा नाटकको मन्चन गरिनेछ ।
 

CopyRight |All Rights Reserved