मण्डला थिएटर मा 'चिसो भन्ज्याङ'

पुष १२, २०७४

अनामनगर स्थित मण्डला थिएटरमा सन्दिप श्रेष्ठको लेखन तथा निर्देशन रहेको नाटक 'चिसो भन्ज्याङ' मन्चन भैरहको छ । ब्रिटिश उपन्यासकार इयान म्य्केवनको उपन्यास 'अटोनमेन्ट' मा आधारित नाटकमा जनयुद्ध ताकाको पुर्बी पहाडी गाउको कथा प्रस्तुत गरिएको छ ।नाटकमा अनुप न्यौपाने, पुजा लामा, सबिना गोपाली, दीपिका ढकाल, रोशन सुबेदी, बारात लिम्बु, सन्जिब राइ, बिकाश पन्त, सीता राना मगर, सगुन पोख्रेल, उदय लिम्बु, बिबेक रसाइली, अनुज अधिकारी, समापिका गौतम र प्रतिक दुलालको अभिनय रहेको छ । पौष ७ गते देखि चलिरहेको नाटक पौष ३० गते सम्म हरेक दिन (सोमबार बाहेक) साँझ ४:४५ मा र शनिबार दिउसो १ बजे अतिरिक्त शो मन्चन हुनेछ ।

CopyRight |All Rights Reserved