चितवनमा 'श्रीमान् वीरबहादुर´ मन्चन हुने

पुष २, २०७४

 
'नाटक घर निर्माणका लागी नाटक' भन्ने अभियान सहित पुषको तेस्रो हप्ताबाट चितवन स्थित नारायणी कला मन्दिरमा 'श्रीमान् वीरबहादुर´ मन्चन हुने भएको छ । भिष्म जोशीको परिकल्पना तथा निर्देशन रहेको नाटक रामलाल जोशीको मदन पुरस्कार बिजेता कथा संग्रह 'ऐना' मा संग्रहित कथा 'श्रीमान् वीरबहादुर´ मा आधारित छ ।
 
 
कर्मी नाटय समूहको प्रस्तुति स्वरुप बनेको नाटकमा सुरेश जिसी, अन्जान ढुंगाना, कृपा अधिकारी, भिष्म जोशी, सुमित आचार्य, बिबेक तिवारी, अस्मिता थापा र मुकुन्द खलपात्रको अभिनय रहेको छ । नाटक चितवन पछि धनगढी र त्यसपछि काठमाडौमा पनि मन्चन गरिनेछ ।
 

CopyRight |All Rights Reserved