'लुकामारी' निर्देशकले 'उल्टो साइकल' निर्देशन गर्ने

आश्विन २८, २०७४

 
अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र 'लुकामारी' का निर्देशक श्रीराम दाहालले विश्व उल्टो साइकल यात्री बिरेश दाहालको जीवनीमा 'उल्टो साइकल' नामको चलचित्र निर्देशन गर्ने भएका छन् । शुक्रबार बत्तीसपुतली स्थित बिग फुडल्याण्डमा आयोजित पत्रकार भेला मार्फत उक्त चलचित्र निर्माण को घोषणा गरिएको हो ।  
 
निर्देशक दाहालले  कार्यक्रम मार्फत करिब ६ बर्ष अघि देखि नै चलचित्रको लागि अध्ययन अनुसन्धान एबम पटकथा लेखन शुरु गरिएको र अहिले आएर त्यसले मुर्तरुप लिएको बताए । बिग बुद्ध इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा जीता कटवालले निर्माण गर्ने चलचित्रमा पटकथा पनि निर्देशक दाहालको नै रहेको छ । करिब १ करोड ३० लाख बजेट रहने चलचित्रको छायांकन उदयपुर जिल्लाको साथ साथै मेची- महाकाली राजमार्गका विभिन्न स्थानहरुमा हुनेछ । बिरेश दाहालले मेची-महाकालि यात्रा प्रारम्भ गरेकै दिन पुष २७ गते बाट चलचित्रको छायांकन शुरु गरिनेछ । दिपल बराल र बिनोद खतिवडाले कास्टिंग निर्देशनको जिम्मेवारी सम्हालेको र कलाकार छनोटको काम पनि शुरु गरिएको जानकारी दिइएको छ ।  
 
बि. सं. २०६२, पौष २७ देखि विश्व शान्तिको कामना सहित बिरेश दाहालले ‘मेची-कालि उल्टो साइकल यात्रा’ आरम्भ गरेका थिए । हाल सम्म उनले विश्वका ६३ देशमा आफ्नो यात्रा सम्पन्न गरिसकेका छन् ।

CopyRight |All Rights Reserved