'प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७' मा तीन नेपाली प्रतियोगी

श्रावण ९, २०७४

 
थाइल्याण्डमा आउँदो जुलाई २६ देखि ३१ सम्म संचालन हुने ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७’ का लागि नेपालबाट अन्जशा रिजाल, अंकित तिवारी र योजना घलेले प्रतिनिधित्व गर्ने भएका छन् । इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित ‘प्रिन्स एन्ड प्रिन्सेस नेपाल–२०१७’ की बिजेता अन्जशाले ‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०१७’ विधाका लागि प्रतिनिधित्व गर्दैछिन । यस्तै ग्रुप अफ इभेन्ट्सबाट अंकित र योजना क्रमशः ‘मिष्टर इन्टरनेसनल टिन प्रिन्स २०१७’ र ‘मिस इन्टरनेसल टिन प्रिन्सेस् २०१७’ विधामा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विभिन्न २५ देशका प्रतियोगीहरु सहभागी हुनेछन् । 
 
प्रतियोगिताको तयारीको लागि अन्जसालाई यतीबेला रोजिन शाक्यले कोरियोग्राफी प्रशिक्षण, स्वजत रघुबँशीले नेपाली नृत्य प्रशिक्षण, पेज थ्रिले पहिरन तयारी र आफुले व्यक्तित्व विकाश प्रशिक्षण दिईरहेको इभेन्ट बेटल ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारले बताएका छन् ।
 

CopyRight |All Rights Reserved