अक्षयले चुमे ‘मिस्टर नेपाल २०१७’ को पगरी
जेठ २२, २०७४
बाँनेश्वरका २२ बर्षिया अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् । २८ प्रतिस्पर्धीलाई पछाडी पार्दै रायमाझीले उक्त उपाधि आफ्नो पोल्टामा पारेका हुन् । यो संगै उनले २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा धुर्व बुढाथोकी, आषिस ताम्राकार क्रमस फष्ट रनर अप र सेकेन्ड रनर अप घोषित भए भने डा. श्रीराम चन्द, अमृत दाहाल क्रमश फष्ट थर्ड रनर अप र फोर्थ रनर अप चुनिए । सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे ।
उद्योग मन्त्री नबिन्द्रराज जोशी मुख्य अतिथी रहेको कार्यक्रममा अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वाली, अभिनेत्री सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदिस्वर थापा, शैलजा आचार्य लगायत निर्णायकको भूमिका मा थिए । युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना हुदै आएको आयोजक एक्सपोज नेपालमा म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् ।
प्रतियोगीतामा कला एबम विभिन्न क्षत्र संग सम्बन्धित सेलीब्रिटीजहरुको बाक्लो उपस्थिती रहेको थियो ।