मिसेस चितवनको उपाधि सुष्मा थापालाई
चैत्र १६, २०७३
चितवनकी २९ बर्सिय युवती सुष्मा थापाले जिल्ल्ला मा पहिलो पटक आयोजना भएको मिसेस चितवनको उपाधि जितेकी छिन । अन्य १८ जना प्रतियोगी लाई पछि पार्दै सुष्माले उक्त उपाधि जितेकी हुन । उनलाई प्रथम मिस नेपाल रुवी राणाले ताज लगाई दिइन् । एक छोराकी आमा उनले मिसेज चितवनको ताजसागै नगद ५० हजार रुपैयाासहित आकर्षक गिफ्ट हृयाम्परसमेत पाइन् ।
यस्तै फस्ट रनर अप रेनु तामाङ् भइन् भने सेकेण्ड रनर अप आना ढकाल बनिन् । उनीहरुले क्रमश ३० हजार, २० हजार रुपैयाा हात पारे । रेनु तामाङ्ले मिस ट्यालेन्ट अवार्ड जितिन् ।