‘नेपाल्स मिस्टर एन्ड मिस एसईई–२०१७’ आयोजना हुदै

चैत्र १३, २०७३

 
यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका १० कक्षाका छात्रछात्रालाई लक्षित गरेर प्रतिभा प्रस्तुति तथा सौन्दर्य प्रतियोगिता ‘नेपाल्स मिस्टर एन्ड मिस एसईई–२०१७’ घोषणा भएको छ । यसअघि एसएलसीसम्बन्धी प्रतियोगिता गर्दै आएको रयाम्प जोन इन्टरटेनमेन्टले यस पटक मिस्टर एन्ड मिस एसएलसीको सट्टा ‘नेपाल्स मिस्टर एन्ड मिस एसईई–२०१७’ गर्न लागेको कुरा सो संस्थाकी प्रबन्ध निर्देशक रमी श्रेष्ठले बताइन् ।
 
प्रतियोगीलाई डेढ महिना फेसन कोरियोग्राफी, डान्स, व्यक्तित्व विकास, क्याटवाक, मेकअक, मिडिया, वक्तृत्वकला, स्विमिङ, जुम्बाजस्ता विभिन्न प्रशिक्षण दिइने  छ । यसका  साथै बिज्ञान र  व्यवस्थापन सम्बन्धि ब्रिज कोर्स पनि दिईने  छ।    
 
‘नेपाल्स मिस्टर एन्ड मिस एसईई–२०१७’को विजेताले कक्षा ११ र १२ मा काठमाडौंका चर्चित कलेजमा सम्पूर्ण अध्ययनको छात्रावृत्तिसहित विभिन्न उपहार, क्राउन तथा अन्य सुविधा प्राप्त गर्नेछन् । प्रतियोगितामा सहविजेता तथा अन्य शीर्षकका उपाधि जित्नेले पनि ११ र १२ को अध्ययनका लागि स्कलरसिपसहित विभिन्न अवसर पाउने पनि श्रेष्ठले बताइन् । प्रतियोगीहरूको पहिलो अडिसन आगामी २६ चैतमा हुनेछ ।

CopyRight |All Rights Reserved