संजय दत्तको बायोपिकमा रणबिरको ६ अबतार

चैत्र ११, २०७३

संजय दत्तको जिबनीमा बन्न लागेको चलचित्रमा रणबिर कपूर विभिन्न ६ अबतारमा देखिने छन् । संजय दत्तले आफ्नो फिल्मी करियरमा विभिन्न फरक फरक भूमिकामा अभिनय गरेका छन् र रणबिर कपूरले तेही फरक फरक चरित्रमा आँफुलाइ ढाल्न लागेका हुन् । 

राजकुमार हिरानीको निर्देशनमा बन्ने चलचित्रको नाम भने अहिले सम्म राखिएको छैन । चलचित्रमा मनिषा कोइराला नर्गिसको भूमिकामा अभिनय गर्दै छिन् तेस्तै परेश रावलले सुनिल दत्त र दिया मिर्जाले मान्यताको भूमिकामा अभिनय गर्दै छिन् । साथै आफ्नो भूमिकामा अभिनय गर्न लागेका रणबिर लाई संजयले नजिकबाट सहयोग  पनि गरिरहेका छन् । चलचित्र २०१७ को क्रिसमसमा रिलिज हुनेछ ।

CopyRight |All Rights Reserved