लिटिल एन्जल उपाधि समिरा सोनीलाई

फाल्गुन २३, २०७३

लियो क्लब अफ बुटवलको आयोजनामा भएको दोस्रो लिटिल एन्जल प्रतियोगिताको उपाधि समिरा सोनीले जितेकी छिन् । प्रतियोगितामा न्यू होराइजन बोर्डिङकी सुस्मिता खरेलले फस्ट रनर्स अप, बुटवल पब्लिक स्कुलकी बिन्दु बस्नेतले सेकेन्ड रनर्स अप तथा दीप बोर्डिङकी रुनिभा लाकौलले भ्युअर्स च्वाइस उपाधि जितेका छन ।
 
तेसै गरी बेस्ट चार्ममा रिदिमा अधिकारी देउजा, मिलनसारमा कृति श्रेष्ठ, बेस्ट हेयरमा सम्पुर्ण पाण्डे, बेस्ट पर्सनालिटीमा अनिष्मा श्रेष्ठ, बेष्ट फोटोजेनिकमा खुसी बुढामगर, बेस्ट स्माइलमा आकांक्षा मल्ल, बेस्ट कन्फिडेन्टमा स्मारिका थापा, अनुशासनमा कृषा कार्की, मोस्ट एक्टिभमा आरशी श्रेष्ठ, बेस्ट वाकमा सदीक्षा पाण्डे, नृत्यमा जस्मिन सोमरे मगर एवं मोस्ट ट्यालेन्टमा प्रकृति पौडेलले उपाधि जिते । कक्षा ३ देखि ७ सम्मका स्कुले बालिकाबीच भएको प्रतियोगिताको फाइनल बुटवल उधोग वाणिज्य संघको हलमा सम्पन्न भएको थियो ।

CopyRight |All Rights Reserved